प्रथम पचालझरना अध्यक्ष कप बनगाड कुपिण्डेको पोल्टामा

महिलातर्फ भने चिङगाड गाउँपालिका सुर्खेतलाई

कालीकोट । प्रथम पचालझरना गाउँपालिका अध्यक्ष कप खुल्लाको उपाधि बनगाड कुपिण्डे नगरपालिकाले हात पारेको छ । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाेे पुरुष टाेलीले रु. एक लाख एकासी हजार एक सय अठार पुरस्कार राशि सहित जित हात पारेको हो । त्यस्तै दृतीय स्थान रामारोशन गाउँपालिका अछामले हात पारेको छ ।

त्यस्तै महिला भलिवल प्रतियोगितातर्फ भने चिङगाड गाउँपालिका सुर्खेतले हात पारेको छ । 

कार्तिक ६ गतेदेखि पचालझरना गाउँपालिका ४ जारकोटमा भएको प्रतियोगितामा विभिन्न जिल्लाबाट खुल्ला पुरूष टिमतर्फ ९ वटा टिमलेे भाग लिएका थिए । त्यसैगरी महिलातर्फ ७ वटा टिमलेे भाग लगेका थिए । 

यस्तो छ परिणाम 

पुरुष भलिबलतर्फ : बनगाड कुपिण्डे नगपालिका  सल्यान 

पुरस्कार राशि:  रु. एक लाख एकासी हजार एक सय अठार 

 द्ववीतीय : रामारोशन गाउँपालिका अछाम

 राशी: एक लाख एघार हजार एक सय एघार 

 तृतिय : पलाँता गाउँपालिका कालिकोट 

पुरस्कार राशी: पचपन्न हजार मात्र 

ख. महिला भलिबल तर्फ 

 प्रथम : चिङ्गाड गाउँपालिका सुर्खेत

पुरस्कार राशी : एक लाख एघार हजार एक सय एघार मात्र

 दितिय : वीरेन्द्रनगर नगरपालिका सुर्खेत

 तृतिय : सान्नी त्रिबेणी गाउपालिका कालिकोट