प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग भेटवार्ता गर्ने

आजै अजरबैजानका राष्ट्रपतिसँग पनि भेटने

काठमाडौं,असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आफ्ना पाकिस्तानी र बंगलादेशी समकक्षीसँग अलग(अलग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।