भारतमा करणी गरेको आरोपमा फरार व्यक्ति सल्यानबाट पक्राउ

सल्यान, भारतमा जबरजस्ती करणी उद्योग गरी फरार एक व्यक्ति सल्यानमा पक्राउ परेका छन्।

पश्चिम रुकुम चौरजहारी नगरपालिका ७ बस्ने ३० वर्षीय मनविर सुनार सल्यानबाट पक्राउ परेका हुन्। भारतको मुम्बइको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुरमा एक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरी सुनार भारतबाट भागी नेपाल आएका थिए। श्रीमान काममा गएको मौका खोजी राति २ बजे सुनारले महिलालाई जबरजस्ती करणी गरी भागेका थिए।

पक्राउ परेका सुनारलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।