कास्की-२ मा नेकपाबाट विद्या भट्टराईकाे नाम सिफारिस

कास्की,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले विद्या भट्टराईलाई मंसिर १४ को उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ।

 

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी पत्नी विद्याको नाम सर्वसम्मत सिफारिस गरेको हो।

विद्यालाई कास्की २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार बनाउन नेकपा कास्कीले  नै प्रस्ताव गरेकाे हाे ।

शुक्रबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले भट्टराईको नाम सिफारिस गरेको हो ।