अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप

रौतहट, बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश केशव कुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको शुक्रवार ८ दिनको म्याद थप गरेको हो । उनलाई म्याद थपेको यो तेस्रो पटक हो ।

घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।