यसरी लैखमको अप्ठयारो भिरमा आक्रमण गरेको थियो बिप्लव नेकपाले

आक्रमण पार्टी निर्णय अनुसार- इन्चार्ज धमिल

जाजरकोट, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उनिहरुले आक्रमणसंगै सत्ताधारी नेकपाका ब्यानर कागज जात समेत जलाएका छन ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो ।

 

जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि बुधबार बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण गरिएको हो । आक्रमणबाट नेता आचार्य र सिंहको खुट्टामा चोटपटक लागेको बताइएको छ ।

गाउँ प्रबेशमा रोक

त्यस्तै बिद्रोही नेकपा जाजरकोटले सत्ताधारी नेकपाका नेता कार्यकर्तालाई गाउँ प्रबेशमा रोक लगाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै गाउँ प्रबेशमा रोक लगाएको हो । जाजरकोटका सेक्रटर राजकुमार राईद्धारा जारी बिज्ञप्तीमा भनिएको छ जर्बजस्त गरे त्यसको दुर्घटनाको जिम्मेबार सत्ताधारी नेकपा नै रहनेछ ।

आक्रमण पार्टी निर्णय अनुसार इन्चार्ज धमिल

बिप्लव नेकपाका जाजरकोटका इन्चार्ज धमिलले आक्रमण पार्टीको निर्णय बोमोजिम नै भएको बताएका छन । उनले पार्टीमाथीको प्रतिबन्धको बिरुद्धमा यस्ता कार्यक्रम ल्याएको बताएका छन । उनले भने जसरी हामीमाथी प्रतिबबन्ध गरिएको छ त्यसरी नै उहाँहमाथी पनि गाउँ प्रबेशमा प्रतिबन्ध गर्ने पार्टीको योजन छ ।

कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाद्वारा भत्र्सना

सत्तारुढ नेकपाले भने आपति जनाएको छ । नेकपाका जाजरकोटका अध्यक्ष ढकबिर रानाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । गैर राजनितिक ढंगले कार्यकर्तामाथी गरिएको कार्यको हाम्रो पाटी घोर भत्र्सना र निन्दा गर्दछ ।