प्रथम पचालझरना अध्यक्षकप २०७६ उदघाटन

कालिकोट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा सुरु भएको छ । बुधबार पचालझरना गाउँपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  औपचारीक रुपमा शुभारम्भ भएको हो । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६  ८ गतेसम्मा हुने बताइएको छ । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका खेलकुद हुने छन । 

पचालझरना खेलकुद बिकास समिति र गाउँपालिकाको आर्थीक सहयोगमा हुन लागेको प्रतियोगिता उदघाटनमा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य दुर्गा रावत र बिशेष अतिथिमा राष्ट्रियसभा सदस्य जिवन बुढा राष्ट्रियसभा सदस्य नरपति लुहारको उपस्थीती रहेको छ । त्यस्तै कार्यक्रममा बिभिन्न राजनितिक दल बुद्धिजिबी पत्रकारहरुको समेत बाक्लो उपस्थीति रहेको बताइएको छ ।

गाउपालिको इतिहासमा सर्बाधिक धन राशीको पचालझरना अध्यक्ष कप २०७६ मा खुला भलिबलतर्फका विजेताले १ लाख ८१ हजार ८ सय १८ रुपैया प्राप्त गर्ने छन । त्यस्तै द्धितिय हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पुरुस्कार प्राप्त गर्ने बताइएको छ भने तितिय हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने जानकारी दिइएको छ ।

त्यस्तै गाउपालिकास्तरीय महिला भलिबलतर्फ प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ भने द्धितिय तर्फ ५५ हजार ५ सय ५५ रुपैया रहेको छ । त्यस्तै तितिय हनेलाई २५ हजार २ सय ५२ रुपैया रहेको आयोजक संस्थाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा ९ वटा पुरुष भलिवल टिम र ७ वटा महिला भलिबल टिमले भाग लिएका छन ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल मर्मका साथ सुरु भएकाे अध्यक्ष कपमा बिभिन्न स्थानिय नाँच झाँकीसमेत प्रट्ठतुत गरिएकाे थियाे ।