पाँच हजार घुस लिएको आरोपमा प्रहरी अख्तियारको फन्दामा

काठमाडौं-, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।  भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीलाई भन्सार मिलाइदिने प्रलोभनमा उनले पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिए ।