धनुषामा दिउसै गोली चल्यो, एक जना घाइते

धनुषा, धनुषामा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।