हिलपार्क होलटमा प्रहरी अप्रेसन, लाखौ नगद सहित आठ जुवाडे पक्राउ

कोहलपुर, कोहलपुर बजारको एक होटल वाट प्रहरीले नगद सहित रङ्गे हात ८ जना जुवाडे पक्राउ परेका छन् ।सोमबार राती १० बजेको समयमा कोहलपुर बजारमा रहेको हिलपार्क होटलबाट १ लाख बाईस हजार नगद रुपया सहित आठ जना पक्राउ परेका हुन ।

उनिहरुलाई हिरासतमा राखी अनुसन्धान भैरहेको र कार्बाही अघाडी बढाउने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीले वताए ।

पछिल्लो समय कोहलपुर क्षेत्रमा लागुअौषध लगायतका बिभिन्न अपराधिक घटनामा प्रहरीले सफलता हात पार्दै आएको छ ।