गगन थापालाई खुल्ला पत्र !

गगन सर नमस्कार,

आराम छु आराम चाहान्छु । २०६४ सालमा जतिबेला चाबहिल चोक मा तपाईं उभिएर पत्रकार डेकेन्द्र थापा को हत्या को उजागर गर्दै न्याय माग्दै मतमाग्दै हुनुहुन्थ्यो, ठिक त्यति समय होला मधेसमा नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै चारतारे झन्डा बोकेर आलाम ले ती निर्दोष मान्छे लाई भट्टी मा पोल्दै रहेछ्न ।

सहिद यो प्रकृति को हत्या राणा , पन्चायत, माओवादी ले चलाएको १० बर्ष को युद्ध मा पनि भएको थिएन, यस्तो हत्या को बचावट राजा ले पनि गरेका थिएनन् । सहिद क्रुरता को इतिहास भन्न पर्‍यो भने हामी जर्मन को हिटलर लाई सम्झने गर्छौ, त्यो युद्ध त्यो युग मा उनले गरेका होलान हिटलर को समय कस्तो थियो ?

जर्मन का जनता ले के भन्छ्न ? हामी केबल पड्न मात्रै सक्छौ देख्न सकेनौ तर आज आलाम को चारतारे झन्डा को संरक्षणमा भएको यो बीभत्स हत्या ले आज हिटलर र मुसोलनी बिर्साएको छ । फासिबाद खोज्न हिटलर खोज्नु परेन केबल काङ्ग्रेस भित्र नियाले पुग्ने भो हत्या को संरक्षण लाई हेर्न कोतपर्ब, भन्डारखाल पर्व पढ्न परेन केबल नेपाली काङ्ग्रेस गिरिजा, सुशील र देउवा पढे हुने भ, यो घटना ले जङ्गबहादुर बिर्साएको छ, हिटलर को फासिबाद हामिले होइन २१ औ सताब्दीमा जर्मनका बालबालिका लाई नेपाल भन्ने देश छ त्यहीँ प्रजातान्त्रिक आबरण मा यस्तो सम्म हुन्छ भनेर पढ्ने छ्न ।

तपाईं काङ्ग्रेसको मात्रै होइन काङ्ग्रेस बाहेक अरु धेरै युवाहरुले आसा गरेको नेता हो तपाईं का प्रत्येक भाषण लोकतन्त्रलाई बलियो बनाउनु पर्छ भन्ने हुन्छ्न । म त्यसको सम्मान गर्छु तर १२ बर्ष सम्म हत्यारा आलाम लाई काग्रेशको संरक्षणमा पालेर राख्ने मात्रै होइन बारम्बार साँसद र मन्त्री सम्म बनाएर नेपालमा कस्तो प्रजातन्त्र स्थापना गर्ने खोजेको हो, यसको उत्तर अरुले खोजेकै छ्न गाउँका काङ्ग्रेसका कार्यकर्ताले पनि आज खोजेका छन् यस्को उत्तर, शेरबहादुरले मात्रै दिएर हुदैन प्रत्येक लाई प्रश्न गर्ने गगनलाई यो घटना प्रती तपाईंको मौनता लाई सबैले प्रश्न गरेका छ्न ।

डेकेन्द्र थापा देखि गङ्गा माया को अनशन सम्म तपाईं जानु भएको छ त्यहाँ को बारेमा सडक देखि सदन सम्म आवाज उठाउनु भएको छ, आलाम ले गरेको यो बीभत्स हत्या को बारेमा आजसम्म किन बोल्नु भएन, विषयबस्तु अत्यन्त खोजेर उजागर गर्ने तपाईंको क्षमता चारतारे झन्डा मुनिभएको यो हत्या खोज्न किन क्षमता पुगेन कि अरु ले गरेको हत्या काङ्ग्रेसले गरेको हत्या काङ्ग्रेसका विरुद्ध भएको षड्यन्त्र देख्नु भएको छ ? त्यसो हो भने तपाईं गम्भीर भुल हो ।

हत्यारा पाटीको हुदैन हत्या लुकाउन पार्टिलार्इ प्रयोग गरिरहेको मात्रै हुन्छ । गगन जि छिटो मौनता तोड्नुहोस मुख खोल्नुहोस् ती पिडितलाई न्याय दिलाउन लाग्नुहोस त्यसपछि मात्रै डेकेन्द्र थापाको आमालाई न्याय चाहियो भनेको सुहाउने छ नत्र तपाईं ले भन्ने गरेको राजनीतिमा हिंसा को अन्त कुरा आलाम बस्त्रमा अन्त्य हुनेछ ।
तपाईंको शुभेच्छुक नेत्र चापागाई ।