लागु औषध ब्राउनसुगर सहित चार जना पक्राउ

कोहलपुर, ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

कोहलपुर–११ बसपार्क स्थित सुर्खेती गेष्ट हाउसबाट सुर्खेत विरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलाका कृष्ण बुढा र रविन चौधरीलाई १६ ग्राम ५ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

साथै भारत नानपाराका कसिम शेषलाई १० ग्राम ब्राउनसुगर सहित कोहलपुरबाट र नेपालगञ्ज–१३ का सञ्जय लोनियालाई नेपालगञ्ज–२० राँझाबाट १७ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

सुर्खेतका बुढा र चौधरीले शेष र लोनियाबाट ब्राउनसुगर किनेर सुर्खेतमा लगि बिक्री वितरण गर्ने गरेको र्इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीले बताए ।

ब्राउनसुगरसहित पक्राउ परेका चारै जनालाई कोहलपुर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।