निवर्तमान सभामुख महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई शनिबारबाट लागू हुनेगरी थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । आइतबार प्रहरीले महरालाई अदालत पेश गरेको थियो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते ९आइतबार० महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमतिसँगै महरा १९ गते पक्राउ परेका थिए । पक्राउ परेको दोस्रो दिन ९सोमबार० महराको ब्लड स्याम्पल (रगतको नमूना) लिइएको थियो ।

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको भनिएको स्थल (पीडित महिला)को कोठाबाट समेत सबूत प्रमाण शंकलन गरेको थियो । प्रहरीले महिलाको कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो ।