यस कारण बन्द भयो नेपालगन्जको जमुनाह नाका (फोटो सहित)

नेपालगन्ज, नेपालं-भारत सिमा जोडनो पश्चिम नेपालकै मुख्य नाकाको रुपमा रहेको नेपालगन्जको जमुनाह नाका बन्द भएको छ ।भारतमा हुन लागेको विधान सभाको उप-निर्वाचन अन्तर्गत उत्तर प्रदेश राज्यको बहराइचमा हुने निर्वाचनको शुरक्षा संबेदनसिलतालाई लिएर नेपाल-भारत सीमाको रुपैडिया नाका शनिबार देखि बन्द गरिएको हो ।

यस क्षेत्रको सिमाना जोड्ने एक मात्र नाका बन्द हुनाले नेपाल-भरत आवतजावत गर्ने मालबहाक सवारी साधन अहिले सिमा क्षेत्रमै थन्किएका छन् । भारतरमा अौषधि उपचार तथा रोजगारी बाट फर्किएका नेपालीको पैदल आवतजावतमा पनि कडाई गरिएको छ ।

भारतको उत्तर प्रदेशको बहराईचमा सोमबार मतदान हुदैछ । मतदान सम्पन्न पश्चात शनिबार साँझ ६ बजे देखि बन्द भएको नाका मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेपछि सुचारु हुने जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ ।

यस्तो छ फोटो