लाकुरीमा स्काभेटर दुर्घटना, दुईको अवस्था गम्भीर

दैलेख, जिल्लाको डुंगेश्वर गाउँपालिका २ लाकुरीमा स्काभेटर दुर्घटना हुँदा तीनजना धाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गाउँपालिका २ को लाकुरीदेखि अतुरालि सडक सफा गर्ने क्रममा बा २ क ४३५६ नम्बरको स्काभेटर दुर्घटना भएको प्रहरी चौकी चुप्राका हवल्दार वीरेन्द्रबहादुर शाहीले बताए। दुर्घटनामा गम्भीर घाइते हुनेमा डुंगेस्वर गाउँपालिका २ का कमल विष्ट र बालक टीकाराम विष्ट रहेका छन्।

 

स्काभेटर चालक दुल्लु नगरपालिका १२ का पुरन शाही पनि घाइते भएको प्रहरीले बताएको छ। गम्भीर घाइते दुवैलाई उपचारका लागि नेपालगन्ज लगिएको छ। सामान्य घाइते चालक शाहीलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको प्रहरिले जनाएको छ।