अफताब आमललाई पक्राउ गरिनु काङ्ग्रेसविरुद्ध षड्यन्त्र : सभापति देउवा

काठमाडौं, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् ।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको बताएका हुन् ।

काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिए । उनले भन्नुभयो, “कम्युनिस्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।”

जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।रासस