नेताहरु गिरफतारी पछि विप्लवका युवाको आक्रोस, रिहा नगरिए गम्भिर मुल्य चुकाउनु पर्ने चेतावनी

काठमाडौ, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवाहरुको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायतका बिहिबार दाङबाट गिरफतार गरिएका नेताकार्यकर्ताहरुलाई तत्काल विनाशर्त रिहा गर् माग गरेकाे छ । साथै संगठनले उक्त गिरफ्तारीको घोर निन्दा एवम भत्सर्ना गरेको छ ।संगठनका केन्द्रीय उपाध्यक्ष दिनेश र महासचिव सागरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका आफ्नो संगठनका अध्यक्ष पाटन जंगली सहित सवै नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न सरकारसँग माग गरेका हुन् ।

दाङको राजपुर गाउँपालिका वार्ड न. ४ मा नेपाल कम्युनिष्ट पार्टी राप्ती व्युरोको वैठक वसिरहेको बेला कथित कम्युनिष्ट सरकारको गृह प्रशासनले २१ जना नेता-कार्यकर्ताहरु लाई अपहरण शैलिमा गिरफ्तार गरेको भन्दै आपत्ती जनाएका छन् ।

सरकारले गिरफ्तार गरिएका आफ्नो संगठनका केन्द्रीय अध्यक्ष लगायतका नेता कार्यकर्ता रिहा नगरे त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी समेत स्वयमले लिनु पर्ने चेतावनी समेत दिइएको छ ।

यस्तो छ विज्ञप्ती