रिहा भए विप्लवका विद्यार्थी नेता

काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र बिक रिहा भएका छन् ।

उक्त संगठनका लुम्बिनी ब्युरो संयोजक समेत रहेका बिक कैलाली जिल्ला अदालत वाट धरौटीमा रिहा भएका हुन् ।

गत असोज १० गते नवलपरासीको सुनवलवाट कार्यक्रम सकेर फर्किने क्रममा ब्युरो संयोजक बिक सहित केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी लगाएत तिन जनालाई गिरफ्तार गरी प्रहरीमाथी दुर्ववहारको मुद्धा दर्ता गरेको थियो ।

गिरफ्तार गरिएका मध्य नेतृ भण्डारी १३ दिन पछी सर्वोच्चको आदेशमा रिहा भएको हुन भने बिकलाई सर्वोच्च अदालत परिसरवाटै गिरफ्तार गरी कैलाली ल्याएर सांगठनिक अपराधमा मुद्धा चलाएको थियो ।