काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै
प्रकासित मिति : २०७६ आश्विन २८, मंगलवार १६:३२
प्रकासित समय : १६:३२
काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो ।
चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआरंं) बनाउनुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।