पत्रकारलाई भाषा पढाउँदै प्रधानमन्त्री ओली

शिष्टता र मर्यादा बिर्सेको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संचार माध्यमहरुको चर्काे आलोचना गरेका छन । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा बोल्दै संञ्चार माध्यमले प्रयोग गर्ने भाषा प्रति असन्तुष्टि जनाएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको आरोप लगाए । उनले भने,‘सभ्यताका पर्खालहरू बागमतीमा फालिए।

शिष्टता, मर्यादा केही पनि छैन। पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्। तिमी भन्दा माथि उठेर। यो एउटा ट्रेन हो। नयाँ पुूस्ताले नेपाली भाषा विर्सेकोमा भाषा नविर्सन सचेत गर्दै उनले आफु भन्दा सानालाई तिमी र ठूलालाई तपाई भन्नु पर्नेमा जोड दिए ।

अंग्रेजी भाषाको सिको गर्दै नेपाली भाषा, संस्कृति विर्सिरहेको बताए । कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको बताउँदै कला, संस्कृति, सभ्यता र साहित्यलाई संवर्द्धन गर्दै अघि बढ्न आग्रह गरेका छन ।