असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अजरबैजान जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् ।

फाइल तस्वीर

अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्येको एक संस्थापक हो । असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५–२६९कात्तिक ८–९०मा हुँदैछ ।

त्यसअघि अक्टोबर २३–२४ मा मन्त्रिस्तरीय बैठक हुँदैछ ।

बाकु शिखर सम्मेलनबाट अजरबैजानले आगामी तीन वर्षका लागि सअंलग्न राष्ट्रहरुको अध्यक्षता गर्ने छ ।

असंलग्न आन्दोलने विश्वका १२० देशलाई एकजुट गरेको छ ।