राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडौं,दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन्। सीलाई बिदाइ गर्न उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधामनन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विमानस्थल पुगेका थिए।

सीको बिदाइमा नेपाली सेनाले सम्मान गारथ (गार्ड अफ अनर) प्रदान गरेको थियो। २३ वर्षपछि चिनियाँ राष्ट्रपति तहबाट भएको भ्रमणमा नेपाल र चीनबीच १८ समझदारीपत्र र २ ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएका छन्।

सीले समकक्षी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता गरेका थिए।

त्यस्तै, सीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग पनि भेट गरेका थिए।