इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।शान्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

सन् १०९८ देखि २००० सम्म चलेको सीमायुद्धपछि २० वर्षसम्म चलेको सैन्य गतिरोध अन्त्य गर्दै गत वर्ष इथियोपिया र इरिट्रियाबीच शान्ति सम्झौता भएको थियो ।