चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमा

काठमाडौं, विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी पुगेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे होटल सोल्टी प्रस्थान गरेका थिए ।राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुनेछ ।

त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शनिबारै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

देउवासँगको भेटपछि राष्ट्रपति सी भण्डारीले होटल सोल्टीमै उनको सम्मानमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनेछन् ।