चिनियाँ राष्ट्रपति सँग कांग्रेस सभापति देउवाको ‘वान टु वान’ वार्ता

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सीले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तासकिएसँगै सीले होटल सोल्टीमा सभापति देउवासँग वान टु वान वार्ता गर्ने भएका हुन् ।

देउवासँग भेटवार्ता गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्