जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….
रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।
रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले बताए ।
उहाँले विगत तीन बर्षदेखि बिरामी भएर घरकै थला परेर बसेकी गिरीको घाँटीमा लिलडाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा उनकी बुहारीले निर्मलाले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरीले बताएको छ । हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले निर्मलालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टराईले बताए ।
घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवि भुषण यादवको नेतृत्वमा आठ सदस्य टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतक गिरीको शवको पोष्टमार्टम गर्नको लागि टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए ।

