बिप्लव नेकपाका नेता भरत बम कारागार भित्रैै कुटिए

नेपालगन्ज ,बाँके कारागारमा बन्दि बनाईएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका पोलिट व्यूरो सदस्य भरत बम रणबीरलाई कुटपीट गरिएको छ ।

कुटपीटबाट बम घाईते भएका छन् । कारगारभित्र बस्ने ठाउँको विषयमा विवाद हुँदा प्रहरी प्रशासनबाटै कुटपीट भएको विप्लव माओवादीले जनाएको छ । तर बाँके कारागार प्रशासनले भने बस्ने ठाउँको अभावमा विवाद भएपनि कुटपीट नभएको दाबी गरेको छ ।

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण विवाद भएको तर कुटपीट नभएको कारागारमा कार्यरत नायब सुब्बा दिपेन्द्र पौडेलले जानकारी दिए ।