ओली सरकार सबैभन्दा असफल सरकारको रुपमा सावित : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार इतिहासमै असफल भएको आरोप लगाएका छन ।

शनिबार काठमाडौंमा आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘ धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ उनले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप समेत लगाए ।

प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिदै पार्टीको आन्तरिक कारणले गर्दा नै हार बेहोर्नु परेको दाबी गरे । नेता तथा कार्यकर्तालाई आआफ्नो ठाउँबाट अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन समेत आग्रह गरेका छन ।