मन्त्री र सचिवको काम प्रति प्रधानमन्त्री ओलीकाे असन्तुष्टि

जिम्मेवारी अनुसार काम गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी अनुसार काम गर्न मन्त्री र मातहतका सचिवहरुलाई निर्देशन दिएका छन ।

सिंहदरबारमा विहिबार बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुको कार्य प्रति असन्तुष्टी व्यक्त गरेका छन । उनले तोकिएको जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिदैं बजेट कार्यान्वयन हुने गरि काम गर्न जोड दिए ।

उनले मुलुकको विकासको बाटोमा अघि बढिरहेको भन्दै यसमा कर्मचारीहरु र सरोकारवाला सवै क्षेत्र तिव्र रुपमा गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका छन ।

सबै मन्त्रालयको मन्त्री, सचिव लगाएत सहभागी बैठकमा सचिवहरुले मन्त्रालयगत काम कारवाही र बजेटको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।