नौबिसे–नागढुङ्गा जामले बाटोमै बिरामीको मृत्यु

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो ।

साह मृगौलाका बिरामी हुन् । नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित भएको छ ।