झाडीमा साडी लगाएका यी सरकारी गाडी,जादैन कसैको ध्यान

फोटो फिचर

काठमाडौँ, हरिहर भवन पुल्चोकका बिभिन्न सरकारी कार्यालयमा पुग्नु भयो भने अनौठो दृश्य देख्नु हुन्छ । गेट आसपासका क्षेत्रहरुमा सरकारी नं प्लेटका गाडि हरियो घाँसमा डुबेका देखिन्छन । सरकारी नं प्लेटका गाडि झाडिको साडि लगाएर खन्जड अबस्थामा देखिन्छन । सरकारी कर्मचारी र जनप्रतिनिधिलाई सुविधाका नाममा अरबौंका सवारी साधन खरिद गरिन्छन तर त्यसको हिफाजत हुने कुरामा कसैको ध्यान जाने गरेको छैन् । चाहिदाको भाँडो नचाहिदा ठाडो भने जस्तै गरेको पाइएको छ ।


मर्मत गरेर चलाउने तर्फ कसैको ध्यान गएको छैन । मुलुकको प्रशासनिक मुख्यालय समेत यस्तै पुराना गाडीको कवाडखाना जस्तै भएको छ ।


काम नलाग्ने गाडी न बेचविखन गरिएका छन, न मर्मत योग्य गाडी मर्मत गरेर चढ्ने जाँगर नै लगाइएको छ । हरिहर भवन पुल्चोकमा विभिन्न सरकारी कार्यालयले उपयोग गरेर काम नलाग्ने भएका गाडी झाडीभित्र छन् ।

रातदिन हिँड्ने सरकारी ठूला मानिसलाई यो दृश्य विझाउँदैन । दिनानुदिन यिनै गाडिको सामुन्ने कर्मचारी आवतजावत गर्छन तर यसतर्फ ध्यान दिदैनन ।