च्याङ्ग्रा चोरेको आरोपमा ६ जना पक्राउ

पोखरा,च्याङग्रा र ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको समय पारेर च्याङ्ग्रा र ट्याक्सी चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई फरक ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पोखरा महानगर १४ मझेरीपाटनमा पार्किङमा राखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ४ जनालाई समातेको छ भने अन्नपूर्ण गाउँपालिका ६ ढावामा पर्वतबाट पोखरा ल्याइँदै गरेको अभियोगमा दुई जनालाई समातिएको छ ।

पक्राउ पर्नेमा ट्याक्सी चार्ने २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार, २० वर्षीय सञ्जय परियार र अर्का १४ वर्षीय बालक समेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा ल्याइँदै गरेको च्याङग्रा चारेको अभियोगमा २४ वर्षीय सागर गुरुङ र विशाल गुरुङलाई प्रहरीले समातेको छ ।

मुस्ताङबाट पोखरा झार्दै गरेको १९९ च्याङ्ग्रामध्ये २ च्याङ्ग्रा उनीहरुले चोरेर खाएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।