कम्युनिष्ट नेताहरु बडाहाकिम जस्तै हुन थाल्यो – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नेताहरु बडाहाकिम जस्तै भएको उद्घोष गरेका छन ।

रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राणा शासनका हाकिम बडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिम जस्ता हुने गरेका छन्।’अध्यक्ष प्रचण्डले ‘२४० वर्षको शैली परिवर्तन गर्न कठिन छ, ढेड वर्षमै सम्भव पनि हुँदैन’, उनले भने,‘टिकाटिप्णी मात्रै गरेर अराजकता निम्त्याउनु हुदैन।

’राणा शासन विरुद्धको आन्दोलन देखि हाल सम्मका विभिन्न परिघटना नियाल्ने हो भने अहिलेका हामी कम्युनिष्ट नेता राणा बडाहाकिम जस्तै भएका छौं उनले भने ।

निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता भएकै कारण चीन, भारत, सिंगापुरको विकास सम्भव भएको बताउँदै उनले त्यस्तै वातावरण नेपालमा बनाउनु पर्नेमा जोड दिए ।