कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ

बुटवल, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न १८ ढोडने बस्ने २० वर्षीय रजिनेस बुढा र सोही ठाउँ बस्ने नरेश विक रहेका छन् । उनीहरुको साथबाट डाइज्पम २ एमएलको सिसी ३७ पिस, नुकिन २ एमएलको ३८ पिस, प्रोमथाइजिङ हाईड्रो क्लोराइड इन्जेक्सन २ एम एल को ३९ सीसी फेला परेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताए ।