विप्लव नेकपाका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज नविन विश्वकर्मा’हितमान’ पक्राउ परेका छन् ।सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहेको भए पनि पक्राउ परेको पुष्टि गरेको छ ।
विप्लव नेकपाका उपत्यका इन्चार्जमा माइलामा लामा रहेका बेला नविन ललितपुर इन्चार्ज थिए । माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इन्चार्ज बनाइएको थियो ।

नविनसँग केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।