बिद्यार्थी नेता शर्मा १५७ दिनपछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटल शर्मा रिहा भएका छन् ।

गत बैशाख ६ गते गोर्खा जिल्ला वाट पक्राउ परेका शर्मालाई एनसेलको टावरमा आगजनी गरेको मुद्धा लगायको थियो । उनि हिरासत तथा कारागारको लामो बसाई पछी १५७ दिनपछी आइतबार धादिङ जिल्ला अदालतमा १ लाख धरौटी तिरेर रिहा भएका हुन् ।

सरकारले विप्लव नेतृत्वको पार्टी माथि प्रतिवन्ध लगाईसके पछि पार्टीका नेता कार्यकर्ता र समर्थकहरु माथि गिरफ्तारी तथा धरपकड बढाएको छ । हाल सम्म करिब ८०० नेता तथा कार्यकर्ता प्रहरी हिरासतमा छन् ।