नेपाल आएर रक्सी पिएका भारतीय नागरिकको कुलोमा डुवेर मृत्यु

मलङ्गवा,सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र माझीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल सर्लाहीका अनुसार म‌ंगलबार विहान कुलोमा डुवेको अवस्थामा माझीको शव फेला परेको हो । अत्याधिक मदिरा सेवन गरेका कारण कुलोमा लड्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयवासी जगजीत पाण्डेले जानकारी दिए ।