ट्रकले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गएराति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो ।

ठक्करबाट कारमा सवार ५ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।