२ थान पेस्तोलसहित १ जना पक्राउ

भोजपुर–२ वटा अटोमेटिक पेस्तोलसहित भाजपुरमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीया बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाटबाट खटिएको प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान सहित फेला पारी बिष्टलाई पक्राउ गरेको हो ।