यसकारण गरियो (ब्रा) बरामद

काठमाडौं,भारतबाट तस्करी गरेर ल्याइएको कपडा (ब्रा) प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तीन सय असी केस ब्रा बरामद गरेको हो ।

शनिबार प्रहरी नेपाल–भारत चाकर चौडा नाकाबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।

प्रहरीलाई देखेपछि ब्राको केस छोडेर दुईजना भारतीय नागरिक भारततर्फ भागेको डीएसपी मल्लले बताए ।

उनका अनुसार १२ वटा केस ब्रा बरामद गरेको हो । १२ वटा केसमा चार हजार पाँचसय साठी पिस ब्रा रहेको र एउटा ब्रा बराबरको मूल्य १५० पर्ने र त्यसको मूल्य ६ लाख चौरासी हजार पर्न आउँछ ।

बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको डीएसपी मल्लले रातोपाटीलाई बताए ।