थुनुवामा रहेका ज्यान मुद्दाका आरोपी गौशाला प्रहरी वृत्तबाट भागे

काठमाडौँ,महानगरीय प्रहरी वृत्त गौशालाबाट थुनुवामा रहेका एक ज्यान मुद्दाका आरोपी भागेका छन् । सवारी ज्यानमुद्दामा थुनुवामा राखिएका उनी आइतवार भागेको प्रहरी स्रोतले जनाएको छ ।

यद्यपि भाग्नेको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।