आफ्ना कर्मचारीहरूलाई १५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी

काठमाडाैँ,नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई आ १५ करोड सहुलियत ऋण बाँड्ने भएकाे छ ।  कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको हाे ।

नेपाल प्रहरी कल्याण कोषको साउन २९ को निर्णयअनुसार किस्ताबन्दीमा सिनियर अधिकृत, जुनियर अधिकृत र सकल दर्जाका लागि अधिकतम ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो। कोषले सिनियर अधिकृतका लागि कार खरिद गर्न १५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

याे ऋण १ सय २० किस्तामा १० वर्ष भित्र भुक्तान गर्नुपर्ने छ। यस्तै मोटरसाइकल खरिद गर्न २ लाख रुपैयाँ ४८ किस्तामा ४ वर्षभित्र भुक्तान गर्नुपर्ने छ। कोषले ट्रेड मिल, ल्यापटप, एलईडी टिभी र माइक्रो ओभन खरिदका लागि ऋण उपलब्ध गराउने जनाएको छ। प्रहरी कल्याण कोषका लागि यो योजना आइतबारदेखि लागू हुने जनाएको छ।