कसले राख्यो रामजानकी मन्दिर भित्र बम ?

जनकपुरधाम,धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो ।

प्रहरीले अहिले मन्दिरसहित वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको सूचना आएपनि बम भने फेला पर्न नसकेको धुनषा प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले रामजानकी मन्दिरमा बम राखेको विषयमा औपचारिक रुपमा भने कुनै जानकारी दिन मानेको छैन ।