दाङको जंगलमा गोली चल्यो, भारतीय नागरिक पक्राउ

दाङ-दाङको जंगलमा गोली चलेको छ। अमिलिया-तुलसीपुर सडक खण्ड अन्तरगत भञ्ज्याङ नजिकको जंगलमा गोली चलेको पुष्टि ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले गरे।

घटना स्थलबाट कटुवा पेस्तोलको खोका भेटिएको छ। घटनामा संलग्न रहेको आशंकामा भारत घर भएका मोहम्मद साहेद पक्राउ परेका छन्।

घटनामा प्रयोग भएको भारतीय गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सहित पाँच जना भारतीय नागरिक पैसा उठाउने भन्दै बिहिवार बाँके नजिकको रुपडिहा भन्सार हुदै नेपाल झिरेका थिए।

यो समुहले गाडी चालक रुपडिहा निवासी ३० वर्षीय मेरज अली साहबाट १५ हजार रकम लुटेर भागेको चालकले प्रहरीलाई बयान दिएका छन्।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।