प्रचण्डको दाँतमा समस्या अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या आएकाे बताइएकाे छ । अध्यक्ष प्रचण्डको दाँतमा समस्या देखा परेपछि उनी उपचारका लागि मेडिसिटी अस्पताल ललितपुर पुगेकाे बताइएकाे हाे ।

अध्यक्ष प्रचण्डका निजि सचिव तथा पुत्री गंगा दाहालले अस्पतालमा उपचार गर्दै गरेको फाेटाे बुधबार फेसबुक मार्फत सार्वजनिक गरेकी छिन ।

उनले फेसबुक स्टाटस लेख्दै दाँतमा समस्या देखा परेपछि उपचारकाे क्रममा रहेकाे जानकारी दिएकी छन । लामो समयदेखि दाँतमा समस्या आएपछि उनी उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ललितपुर पुगेका हुन् ।

चिकित्सकहरुले समस्या आएकाले एउटा दाँत निकाल्नु पर्ने बताएका छन ।