काठमाडौं । नेपाली कांग्रेस भित्र नेतृत्व तहमा फेरबदल भएको छ। राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला पदमुक्त भएका छन्।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सिटौलालाई हटाउँदै उक्त जिम्मेवारी कमला पन्त लाई दिएका हुन्। बुधबार गरिएको निर्णयअनुसार पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरिएको हो।
आङ्देम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १२(२०) बमोजिम पन्तलाई नियुक्त गरेका हुन्। निर्णयसँगै कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ संकेत देखिएको छ।
पार्टी स्रोतका अनुसार सिटौलाको पद गुम्नुको मुख्य कारण विशेष महाधिवेशनको विषयमा देखिएको मतभेद हो। सिटौला विशेष महाधिवेशनको विपक्षमा रहेका थिए भने पन्त त्यसको पक्षमा उभिएकी थिइन्।
यस घटनालाई पार्टीभित्रको आन्तरिक लाइन र निर्णय प्रक्रियासँग जोडेर हेरिएको छ, जसले आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।