मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै उस्तै

काठमाडौं, चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् ।

शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कजेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले उपत्याकाभित्र एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेकोछ ।

कलेजहरुले भने एउटै विद्यार्थीसँग दोब्बर शुल्क (८०लाख) सम्म असुल्दै आएका छन् । गण्डकी मेडिकल कलेजले एउटै विद्यार्थीबाट ६० लाख लिएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।