देशभरका सरकारी अस्पतालले एक दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं, आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् ।

संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो ।

३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।