मुख्यमन्त्री शाहीको युवालाई आह्वानः आउनुस समृद्ध कर्णाली बनाउन अभियान सञ्चालन गरौँ

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीको बिकासमा लागिपर्न आग्रह गरेका छन । कर्णाली भन्दा बाहिर छितरिएर रहेका सम्पुर्ण कर्णालीका युवाहरु अब कर्णाली प्रदेशको बिकासमा जुटन आग्रह गरेका हुन ।

आइतबार कुसे सम्बादको बिशेष श्रृंखलामा कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको भबिश्य युवाहरुको काँधमा भएकोले सबै दत्तचित्त भएर लागिपर्नुको बिकल्प नरहेको बताए ।  आफनो ठाउँ आफै बनाउनु पर्ने भन्दै कर्णालीका युवाहरुले समृद्ध कर्णाली बनाउन संयुक्त रुपमा अभियान चलाउनु पर्ने उनकाे भनाइ थियाे । 

मुख्यमन्त्री शाहीले कर्णाली बनाउन अब सबै युवाहरू अभियानत्मक रूपमा लाग्नुपर्ने बताए । उनले कर्णाली बिकासका लागि एकिकृत अभियान संचालन गर्नुपर्नेमा पनि जोड दिए ।

उनले भने आउनुस समृद्ध “कर्णाली बनाउने अभियान चलाऔं । त्यसमा सबै सहभागी बनौं । कर्णाली बनाउन हामी सबैमा अर्जुनदृष्टी हुनैपर्छ । म सबै युवापक्तिलाई कर्णाली बनाउने अभियानमा सहभागी हुन आह्वान समेत गर्छु,” उनले भने ।

कर्णाली प्रदेशमा जन्मभूमि भएपनि प्राय युवा शहर केन्द्रित हुनथालेको भन्दै कर्णालीका हौ भन्न पनि हिच्किचाउने गरेको गुनासो गरे । कर्णालीलाई गर्व गर्ने ठाउमा कर्णालीको भन्न हिच्कीचाउनु कदापी ठिक नभएको उनको भनाई थियो । उनले सुन्दर कर्णाली निमार्ण गर्ने आफनो धोको रहेको समेत जिकिर गरे ।