रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु

बुटवल, रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको रघटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले बताए ।

स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले डाका समुहबारे खुलाएको छैन् । रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ ।